फाल्गुण–चैत्रमा गर्नुपर्ने कृषि कर्महरु खाद्यान्न बाली तर्फः
फाल्गुण ड्ड गहुँ खेतीमा सिँचाई उपलव्ध छ भने एकपटक सिँचाई गर्न सके मुसा नियन्त्रणमा सघाउ पुग्नुका साथै वालीको उत्पादन पनि राम्रो हुन्छ । चिस्यानको विचार गरी सिँचाई गरी हाल्नुहोस् । ड्ड मध्य पहाडी क्षेत्रमा र तल्लो पहाडी भागहरुमा मकै लगाउने बेला हुँदैछ । ड्ड मकै भित्र कोदो लगाउनु हुने कृषकहरुले गणेश– २ तथा मकालु–२ जातका मकैको वीउ लगाउनु वेश हुन्छ । ड्ड तराई तथा भित्री मधेशका कृषक दाजुभाइहरुले सिँचाइको सुविधा भएको ठाउँमा चैते धान लगाउनुहोस् । यसका लागि छिटो पाक्ने र बढी उत्पादन दिने जातहरु सि.एच.–४५, खुमल–३, चैते–२, चैते–४, विन्देश्वरी, पालुङ्ग–२ आदिको समयमै व्यवस्था मिलाउनुुहोला । धानको व्याड तयार गर्नु अघि हरियो मलको रुपमा रातो शिरिष, असुरो, तितेपाती आदिलाई माटोमा राम्ररी मिलाएर व्याडको तयारी गर्नुहोस् । यसले वेर्नाहरु राम्ररी सप्रन्छन् र पछि राम्रो उत्पादन लिन सकिन्छ । धानको व्याड राख्नु अघि धानको वीउ राख्नु अघि धानको वीउलाई नून पानीको घोलमा (दशभाग पानीमा १ भाग नून) डुवाएर ३–४ मिनेट चलाउनुहोस् । वीउमा मिसिएको भुस पानीमा तैरिन्छ र स्वस्थ वीउ भाँडोको पिँधमा थिग्रीन्छ । यसरी थिग्रीएको वीउमात्र व्याडमा रोप्नुपर्दछ । व्याडमा धानको वीउ छर्नु भन्दा पहिले वीउलाई २४ घण्टा पानीमा भिजाउनुहोस् र त्यसलाई निकालेर जमिनमा फिँजाई बोराहरुले छोपेर २४ घण्टासम्म गुम्स्याउनुहोस् । यसले गर्दा वीउमा अंकुरण हुन्छ र यस्तो वीउ छर्दा राम्रो वेर्ना तयार हुन्छ । चैते धान रोप्ने वेला भयो । गहुँ खेतमा नै धान रोप्ने हो भने गहुँ भित्र्याईहाल्नुहोस् । धान रोप्नु भन्दा पहिले नै जग्गाको खनजोत राम्ररी गरेर प्रति हेक्टर १० टनका दरले असुरो, तितेपाती, खिर्रो जस्ता स्थानीय स्याउलाहरु माटोमा मिलाउन सके उत्पादनमा राम्रो बृद्धि हुन्छ । (१४–४९५ सम्म) । ड्ड गहुँ जौ पाक्ने वेला भएको हुनाले राम्ररी पाकेपछि काटेर थन्काउनुहोस् । गहुँ भण्डारण गर्नु अघि ३–४ घाम राम्ररी सुकाएर वीउको लागि भए ५०५ मालाथायन धुलो २ ग्राम प्रति किलो वीउका दरले मिलाई, उपचार गरेर राख्नुहोस् । खाने गहुँ भण्डारण गर्दा सेल्फोस चक्की ३–४ वटा प्रति टनका दरले हावा नछिर्ने भकारीमा टम्म बन्दा गरी राख्नुपर्दछ । यस्तो गहुँ खान प्रयोग गर्दा एकदिन घाममा सुकाएर प्रयोग गर्न सकिन्छ । वीउको लागि उपचार गरेर राखिएको गहुँ खान हुँदैन । ड्ड उच्च पहाडी भागमा धानको वीउ राख्ने समय भयो । तसर्थ, बढी उत्पादन दिने खालका पात्ले लोकल तथा छोमरोङ्ग जातका धानहरु समयमा नै सुरक्षित गरी राख्नुहोस् ।
तरकारी खेती ः
फाल्गुनरचैत्र ड्ड पछौटे काउली टिप्ने बेला भयो । बजारको अवस्था विचार गरी टिप्ने योजना बनाउनुहोस् । ड्ड लहरे परिवारका तरकारीहरु र गोलभेंडा, भण्टा, खुुर्सानी आदि तरकारीका बेर्ना सार्नुहोस् । गर्मीको मौसम भएको हुँदा तरकारी वारीमा ४–५ दिनको फरकमा सिँचाई गर्दै रहनुहोस् । ड्ड उच्च पहाडी क्षेत्रमा आलु रोप्ने समय भयो । उच्च पहाडी क्षेत्रमा आलु नै खाद्यान्नको मुख्य श्रोत पनि भएको हुँदा यस भेगका कृषकहरुले विशेष ध्यान पु¥याउनु जरुरी हुन्छ । अन्नवालीको तुलनामा आलुलाई बढी मलजल चाहिने हुँदा राम्ररी कुहेको गोवर मल ३० डोको प्रति कठ्ठाका दरले राख्नुपर्दछ । रासायनिक मलको हकमा ७.५ के.जी. डि.ए.पी. ६.० के.जी. युरिया र ३.५ के.जी. पोटास प्रति कठ्ठाका दरले राख्नुपर्दछ । डि.ए.पी. र पोटासको पुरै मात्रा र युरियाको आधा भाग जग्गाको तयारी गर्दा एकनासले माटोमा मिलाउनुपर्दछ भने युरियाको बाँकी आधा भाग ३०–३५ दिनपछि आलु गोडेर टपडे«स गरीदिनुपर्दछ । आलुमा डढुवा रोगको प्रकोप हुन सक्ने भएको हुँदा रोगको लक्षण देखा पर्नासाथ डाइथेन एम–४५ भन्ने विषादी ३ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नुपर्दछ । फलफुल बाली ः फाल्गुणरचैत्र ड्ड लेकाली फलफूलहरु स्याउ, नास्पाती, आरु, आरुबखडा आदिका बोटमा काँटछाँट गर्नुहोस् । ड्ड काँटछाँट गरी सकेपछि हाँगा काटेको ठाउँमा बोर्डो पेष्ट अथवा एकभाग खोटो र एक भाग मैन मिलाई लेप तयार पारी लगाउनुहोस् । ड्ड काँटछाँट गरी सकेपछि बोटको फेदबाट १–२ हात टाढा वरिपरि एक वित्ता जति गहिरो कुलेसो खनी मल राखेर पुर्नुहोस् । मल हालेपछि पानी दिनुहोस् र बोटको फेद वरिपरि सुकेको झारपातरपतिङ्गरले छोपिदिनु पर्दछ । ड्ड आँप, लिची जस्ता सदावहार फलफूलहरुमा पनि गोडमेल गरी मलजल गर्नुहोस् । आँपमा लाग्ने मधुवा कीरा नियन्त्रण गर्न थायोडा विषादि २.५ मि.लि. पानीमा घोलेर छर्नुहोस् । ड्ड केरा खेती गर्न इच्छुक कृषकहरुले वर्षा याममा भन्दा फाल्गुण– चैत्र महिनामा केरा लगाएमा बढी फाइदा लिन सकिने हुँदा यहि समयमा रोप्ने तयारी गर्नुहोस् । ड्ड अमिलो जातका फलफूलहरुमा एग्रोमिन ५ ग्रामरलिटर पानीमा घोलेर छर्नुहोस् ।
पशुपालन
ड्ड पशुहरुमा भ्यागुते, चरचरे र खोरेत रोगको प्रकोप देखापर्न सक्ने समय भएको हुँदा नजिकको पशुसेवा केन्द्ररउपकेन्द्र तथा जिल्ला पशुसेवा कार्यालयमा सम्पर्क राखी यस्ता संक्रामक रोगको नियन्त्रणका लागि आवश्यक कदम चालिहाल्नुहोस् । ड्ड तराई र भित्री मधेश क्षेत्रमा पशुहरुमा नाम्ले परजीविको आक्रमणले पशुहरुलाई दुःख दिने समय भएको हुँदा यसको रोकथाममा पनि तुरुन्त ध्यान दिनुहोस् ड्ड घाँसको लागि मकै र टियोसेन्टी जस्ता वालीहरु लगाउने समय भयो ।
Blogger- Dinesh Raj Sharma |
---|
Copy right © - RAFH 2012
Developed By:- Nisan Rai +977-9843358296